विचार Archives - Annapurna https://demos.jhapatechnical.network/annapurna/category/thought/ Nepali newsportal Mon, 15 Jan 2024 11:32:59 +0000 en-US hourly 1 https://demos.jhapatechnical.network/annapurna/wp-content/uploads/2024/01/fdfdfdfdffd-150x150.png विचार Archives - Annapurna https://demos.jhapatechnical.network/annapurna/category/thought/ 32 32 राष्ट्रपतिले शीतल निवासमा बोलाएर नेताहरुलाई भने- संविधान कार्यान्वयनमा प्रण गरौं https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%b2%e0%a5%87-%e0%a4%b6%e0%a5%80%e0%a4%a4%e0%a4%b2-%e0%a4%a8%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a4%ae/ https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%b2%e0%a5%87-%e0%a4%b6%e0%a5%80%e0%a4%a4%e0%a4%b2-%e0%a4%a8%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a4%ae/#respond Mon, 15 Jan 2024 11:32:59 +0000 https://demos.jhapatechnical.network/annapurna/?p=37 १ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन तत्काल बनाउन दलका शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । संविधानको पूर्ण कार्यान्वयन नभएकाले […]

The post राष्ट्रपतिले शीतल निवासमा बोलाएर नेताहरुलाई भने- संविधान कार्यान्वयनमा प्रण गरौं appeared first on Annapurna.

]]>
१ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन तत्काल बनाउन दलका शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।

संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताउँदै उनले संघीय संसदमा रहेका दलहरूलाई आवश्यक कानुन बनाउन आग्रह गरेका हुन् ।

माघी पर्वको अवसरमा आज संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई आज शीतल निवासमा बोलाएर राष्ट्रपति पौडेलले भने, ‘जनतामा देखिएको निराशा अरु कारणले होइन, संविधान कार्यान्वयन नभएर हो । संविधान कार्यान्वयन गर्न छिटो कानून बनाएर जनताको निराशालाई आशामा परिणत गरौं ।’

यो संविधानले उत्पीडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएको भन्दै उनले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पार्ने प्रण गर्न आग्रह गरे ।

उनले भने, ‘नेपाली जनताको चाहना मैले पनि बुझेको छु । नेपाली जनता कहिल्यै पछाडि र्फकन चाहँदैनन् । उनीहरूको चाहना अगाडि बढ्ने नै हो । त्यसैले समावेशी संघीय लोकातान्त्रिक गणतन्त्र साकार पारेर जनताको त्यो चाहना पूरा गर्ने तपाईं-हामी सबै मिलेर आजको दिनमा प्रण गरौं ।’

कार्यक्रममा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष, संघीय संसदमा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू र स्वतन्त्र सांसदहरूको उपस्थिति थियो ।

The post राष्ट्रपतिले शीतल निवासमा बोलाएर नेताहरुलाई भने- संविधान कार्यान्वयनमा प्रण गरौं appeared first on Annapurna.

]]>
https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%b2%e0%a5%87-%e0%a4%b6%e0%a5%80%e0%a4%a4%e0%a4%b2-%e0%a4%a8%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a4%ae/feed/ 0
प्रधानमन्त्री प्रचण्डले भने- अर्थतन्त्र सुधारोन्मुख छ, उत्साही भएर काम गरौं https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%9a%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%b2%e0%a5%87/ https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%9a%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%b2%e0%a5%87/#respond Mon, 15 Jan 2024 11:30:38 +0000 https://demos.jhapatechnical.network/annapurna/?p=33 १ माघ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो एक वर्षमा अर्थतन्त्रमा राम्रो सुधार भएको बताएका छन् । सोमबार नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित ‘आर्थिक […]

The post प्रधानमन्त्री प्रचण्डले भने- अर्थतन्त्र सुधारोन्मुख छ, उत्साही भएर काम गरौं appeared first on Annapurna.

]]>
१ माघ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो एक वर्षमा अर्थतन्त्रमा राम्रो सुधार भएको बताएका छन् ।

सोमबार नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित ‘आर्थिक विकास, पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवर्द्धन’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीहरूलाई उत्साही भएर काम गर्न आग्रह समेत गरे ।

‘यस अवधिमा अर्थतन्त्रमा महत्वपूर्ण सुधार आएको छ । विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठूलो प्रगति भएको छ। पर्यटन आगमनमा गुणात्मक वृद्धि भएको छ। बैंकको ब्याजदरमा कटौती, सहकारी र लघुवित्तका समस्याको सम्बोधन, भुक्तानी सन्तुलन, विप्रेषणमा वृद्धिका साथै शिथिल भएको उद्योग–व्यवसाय क्षेत्र क्रमशः चलायमान हुन थालेको छ। यो हाम्रा लागि खुसीको कुरा हो। त्यसैले उत्साही भएर काम गरौं’, उनले भने ।

आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धिमूलक बनाउने उनको भनाइ छ ।

‘तपाईंहरूलाई थाहै छ, मैले तेस्रोपटक सरकारको नेतृत्व गरेको १ वर्षको अवधि पूरा भएको छ । जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो, निर्वाचनबाट आएको त्रिअंकुश संसदले राजनीतिक स्थायित्व दिने/नदिनेमा निकै ठूलो संशय थियो । तर, एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौतीहरू सम्बोधन हुँदै गएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने ।

The post प्रधानमन्त्री प्रचण्डले भने- अर्थतन्त्र सुधारोन्मुख छ, उत्साही भएर काम गरौं appeared first on Annapurna.

]]>
https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%9a%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%b2%e0%a5%87/feed/ 0
स्वास्थ्य बीमा बोर्डले घटायो अस्पताललाई तिर्ने ओपीडी र आकस्मिक सेवा शुल्क https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af-%e0%a4%ac%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%a1%e0%a4%b2%e0%a5%87-%e0%a4%98/ https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af-%e0%a4%ac%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%a1%e0%a4%b2%e0%a5%87-%e0%a4%98/#respond Mon, 15 Jan 2024 11:28:49 +0000 https://demos.jhapatechnical.network/annapurna/?p=30 १ माघ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अस्पतालहरुलाई तिर्ने बहिरंग र आकस्मिक सेवाको शुल्क घटाएको छ । बोर्डले माघ ८ गतेदेखि लागु हुने गरी नयाँ […]

The post स्वास्थ्य बीमा बोर्डले घटायो अस्पताललाई तिर्ने ओपीडी र आकस्मिक सेवा शुल्क appeared first on Annapurna.

]]>
१ माघ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अस्पतालहरुलाई तिर्ने बहिरंग र आकस्मिक सेवाको शुल्क घटाएको छ ।

बोर्डले माघ ८ गतेदेखि लागु हुने गरी नयाँ शुल्क निर्धारण गरेको सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिइन् ।

बोर्डको आइतबारको बैठकले निर्धारण गरेको नयाँ शुल्क अनुसार अब बीमामा आवद्ध व्यक्तिको ओपीडीमा ५० रुपैयाँ र आकस्मिक सेवाको टिकटका लागि १०० रुपैयाँ लाग्ने छ । यसअघि ओपीडीमा २०० रुपैयाँ र आकस्मिक सेवामा ४०० रुपैयाँ शुल्क तोकिएको थियो ।

‘हाल सुविधा थैलीमा भएको ओपीडी प्याकेज कस्ट २०० र इमरजेन्सी प्याकेज कस्ट ४०० रहेकामा सो को हालसम्म पनि पूर्ण कार्यान्वयन नभएको पाइएकाले सो प्याकेज कस्टलाई परिमार्जन गरी मिति २०८० माघ ८ गते आइतबारदेखि लागु हुने गरी ओपीडी टिकट शुल्क ५० र इमर्जेन्सी शुल्क १०० निर्धारण गरियो,’ बोर्डको निर्णयमा उल्लेख छ ।

बोर्डले सूचीकृत भएका स्वास्थ्य संस्थामा उपलव्ध नहुने अवस्थामा रिफर सेवा लिन पाइने निर्णय गरेको छ । यस्तै सूचीकृत हुने सामुदायिक, सहकारी, मेडिकल कलेज र निजी अस्पतालहरुले १०० शय्यासम्म भए सातामा १ दिन, २०० सम्मको भए सातामा २ दिन र ३०० शय्या र सो भन्दा बढी भए हप्तामा तीन दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालहरुमा नियमित बहिरंग विशेषज्ञ सेवा प्रदान गर्नुपर्नेछ ।

The post स्वास्थ्य बीमा बोर्डले घटायो अस्पताललाई तिर्ने ओपीडी र आकस्मिक सेवा शुल्क appeared first on Annapurna.

]]>
https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af-%e0%a4%ac%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%a1%e0%a4%b2%e0%a5%87-%e0%a4%98/feed/ 0
लुम्बिनीलाई घरेलु मैदानमा हराउँदै सुदूरपश्चिमको विजयी सुरुवात https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%98%e0%a4%b0%e0%a5%87%e0%a4%b2%e0%a5%81-%e0%a4%ae%e0%a5%88%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a4%ae/ https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%98%e0%a4%b0%e0%a5%87%e0%a4%b2%e0%a5%81-%e0%a4%ae%e0%a5%88%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a4%ae/#respond Mon, 15 Jan 2024 11:26:59 +0000 https://demos.jhapatechnical.network/annapurna/?p=27 १ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुुरुवात गरेको छ । त्यसक्रममा उसले आज सोमबार घरेलु टोली लुम्बिनीलाई ५ […]

The post लुम्बिनीलाई घरेलु मैदानमा हराउँदै सुदूरपश्चिमको विजयी सुरुवात appeared first on Annapurna.

]]>
१ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुुरुवात गरेको छ । त्यसक्रममा उसले आज सोमबार घरेलु टोली लुम्बिनीलाई ५ विकेटले हराएको छ ।

भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा जितका लागि पाएको १५९ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ५ विकेट गुमाएर २९.३ ओभरमा भेट्टायो ।

सुदूरपश्चिमलाई जिताउन नारायण जोशीले अलराउन्ड प्रदर्शन गरे । उनले बलिङमा सर्वाधिक ३ विकेट लिए भने ब्याटिङमा २८ रनमा अविजित रहे ।

जोशीसँग छैटौ विकेटका लाग नट आउट ४९ रनको साझेदारी गरेका शेर मल्ल ४२ रनमा अविजित रहे ।

ओपनरद्वय खडक बोहरा र टेक रावतले क्रमशः २१ र १८ रन बनाए । नरेन भट्ट १२, किरण ठगुन्नाले १६ रन बनाए ।

लुम्बिनीका लागि अभिषेक गौतमले सर्वाधिक ३ विकेट लिए । कृष्ण कार्की र अजय चौधरीले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी ४८.४ ओभरमा १५८ रनमा अलआउट भएको थियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ४२ रन बनाए ।

उनले ६८ बलमा ४ चौका प्रहार गरेका हुन् । ओपनर विराट भण्डारीले २३ रन बनाए । मिर्नाल गुरुङले १४, मोहम्मद हसन २६, दिलसाद अली १० र कृष्ण कार्कीले १२ रन बनाए ।

सुदूरपश्चिमका लागि जोशीले ३ विकेट लिएका थिए भने भोजराज भट्ट र नरेन साउदले २/२ विकेट लिए । मिलन बोहराले १ विकेट लिए ।

यो सुदूरको पहिलो जित हो । पहिलो खेलमा गण्डकी प्रदेशलाई हराएको लुम्बिनीको यो पहिलो हार हो ।

The post लुम्बिनीलाई घरेलु मैदानमा हराउँदै सुदूरपश्चिमको विजयी सुरुवात appeared first on Annapurna.

]]>
https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%98%e0%a4%b0%e0%a5%87%e0%a4%b2%e0%a5%81-%e0%a4%ae%e0%a5%88%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a4%ae/feed/ 0
शरीरको तौल १२० केजीबाट ६९ मा झार्न सबानाले अपनाएको दैनिकी https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%b6%e0%a4%b0%e0%a5%80%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a5%8c%e0%a4%b2-%e0%a5%a7%e0%a5%a8%e0%a5%a6-%e0%a4%95%e0%a5%87%e0%a4%9c%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a5%ac%e0%a5%af/ https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%b6%e0%a4%b0%e0%a5%80%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a5%8c%e0%a4%b2-%e0%a5%a7%e0%a5%a8%e0%a5%a6-%e0%a4%95%e0%a5%87%e0%a4%9c%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a5%ac%e0%a5%af/#respond Mon, 15 Jan 2024 11:25:14 +0000 https://demos.jhapatechnical.network/annapurna/?p=24 काठमाडौं । पहिले उमेर १८ वर्ष, तौल १२० केजी । अहिले उमेर २८ वर्ष, तौल ६९ । यो रूपान्तरणको कथा रमाइलो मात्र होइन, अनुकरणीय पनि […]

The post शरीरको तौल १२० केजीबाट ६९ मा झार्न सबानाले अपनाएको दैनिकी appeared first on Annapurna.

]]>
काठमाडौं । पहिले उमेर १८ वर्ष, तौल १२० केजी । अहिले उमेर २८ वर्ष, तौल ६९ । यो रूपान्तरणको कथा रमाइलो मात्र होइन, अनुकरणीय पनि छ ।

मोटोपनको समस्या भोगिरहेका धेरै व्यक्ति कोही अर्को व्यक्तिबाट प्रेरित भएर तौल कम गर्नतिर लाग्छन् । तर फिटनेस ट्रेनर सबाना खातुनको कथा अरूको भन्दा फरक छ । उनले आफूबाट नै प्रेरित भएर आफ्नो तौल कम गरिन् ।

तौल घटाउनु लामो र ढिलो प्रक्रिया हो, यही कारण हो कि धेरै मानिस बीचमा हार मान्छन् र पछि हट्छन्  । तर सबाना पछि हटिनन्, दृढसंकल्प लिएर तौल घटाउन लागिन् ।

पहिले १२० केजीकी थिइन्अहिले ६९ केजी

काठमाडौंको मुस्लिम परिवारमा जन्मिएकी सबानालाई सानैदेखि मीठो खाने र राम्रो लुगा लगाउने सौख थियो । जसै उनको उमेर बढ्दै थियो, तौल पनि बढ्दै गयो । उनी १८ वर्षको हुँदा तौल १२० केजी पुग्यो । तैपनि तौल बढिरहेको छ भन्ने कुराले उनलाई खासै असर गर्दैनथ्यो । तर बिस्तारै साथीभाइ र आफन्तबाट नै नराम्रो प्रतिक्रिया पाउन थालिन्, ‘मोटी, भैंसी, कति मोटाको’ आदि ।

उनको तौल यति धेरै बढी भयो कि उनले आफ्नो साइजको कपडा पनि पाउन छाडिन् । बिस्तारै साथीभाइ र आफन्तको प्रतिक्रियाले उनलाई बिझाउन थाल्यो । उनी आफूलाई घण्टौं ऐनामा हेरेर सोच्ने गर्थिन् कसरी तौल कम गर्ने होला भनेर ।

‘म ऐनामा आफूलाई हेरेर रुन्थें । कसैसँग बोल्न मन लाग्दैन थियो । कतै पार्टी भोजमा जान मन लाग्दैन थियो । एक्लै बस्न मन पर्थ्यो,’ सबाना सुनाउँछिन् ।

बिस्तारै उनको स्वास्थ्यमा पनि समस्या आउन थाल्यो । त्यसपछि डाक्टरले वजन घटाउन सुझाव दिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई पनि लाग्यो, ‘होइन अब घट्नुपर्छ । आफूलाई परिवर्तन गर्नैपर्छ । अरूले के भन्छ भन्दा पनि आफ्नो लागि घट्नुपर्छ ।’

त्यसपछि उनले व्यायाम सुरु गरिन्, जिम जान थालिन् । केही दिन त उनलाई एकदमै गाह्रो भयो जीउ दुखेर । तर जब उनी तौल मेसिनमा आफ्नो तौल घटेको देख्थिन्, त्यो कुराले उनलाई अझै गर्नुपर्छ भन्ने प्रेरणा दिन्थ्यो ।

करिब एक वर्षमा उनी १२० किलोबाट घटेर ५९ किलोमा पुगिन् । यो उनका लागि ठूलो सफलता थियो ।

तौल कम भएपछि देखिएको परिवर्तन

सबाना भन्छिन्, ‘बढेको तौललाई घटाउन धेरै हाडवर्क चाहिन्छ । खाना, वर्कआउट सेड्युल सबैमा ब्यालेन्स मिलाउनुपर्छ । एक घण्टा जिम गर्ने र जे मन लाग्यो त्यो टन्न खाने हो भने घटिंदैन । फिट हुन सेल्फ कन्ट्रोल हुनुपर्छ । म यसो गर्दिनँ भनेपछि गर्नुभएन ।’

नियमित व्यायाम गरेपछि उनको तौल कम हुनुका साथै शरीर फिट र सुन्दर देखिन थाल्यो । जसले गर्दा मोटो हुँदा उनमा भएको हीनताबोध पनि हट्दै गयो । उनी सुनाउँछिन्, ‘तौल कम भएसँगै आत्मविश्वास बढ्यो । शरीर फिट भएपछि  व्यक्तित्व नै बढ्यो ।’

तौल कम गर्न उनले अपनाएको दैनिकी

बिहान ६ बजे उठेर उनी मनतातो पानी र हर्बल चिया पिउँछिन् । साढे ६ देखि साढे ७ बजेसम्म अनलाइन फिटनेस क्लास लिन्छिन् । क्लास सकाएर बिहान ८ बजे ब्रेकफास्ट खान्छिन् । ब्रेकफास्टमा बदाम, ओट्स, चिया सिड मिक्स गरेर खान्छिन् ।

ब्रेकफास्टपछि जिम जान्छिन् र जिममा एक घण्टा वर्कआउट गरेर दुईवटा अण्डा खान्छिन् । त्यसपछि केही समय फेरि जिममा बिताएर १२ बजे खाना खान्छिन् । खानामा दैनिक सेतो मासु र अण्डा समावेश गर्छिन् । खाना आएर फेरि काममा व्यस्त हुन्छिन् । ४ बजे ओट्सको रोट, फापरको रोटी र तरकारी खाजा खान्छिन् । बेलुकाको खानामा ८ बजे प्राय: सुप खान्छिन् र १० बजे सुत्न जान्छिन् ।

अनि सुरु भयो सबाना फिटनेस स्टुडियो

तौल घटाउन मात्र होइन, स्वस्थ हुन पनि व्यायाम गर्नुपर्छ भन्ने कुरा बुझेसँगै तौल कम भएपछि पनि उनले जिम जान भने छाडिनन् ।

उनको जिम जाने दैनिकी नै बन्यो । उनी ‘जिम लभर’ नै भइन् । यसै क्रममा उनी पार्क फिटनेसमा पुगिन् । त्यहाँ महिला जिम ट्रेनरका रूपमा काम गरिन् । त्यहाँ काम गर्ने क्रममा उनले एउटा कुरा अनुभव गरिन् । ‘जति धेरै पढेलेखेको महिला भए पनि उनीहरूलाई पुरुषसँग एउटै ठाउँमा व्यायाम गर्न गर्न अलि अफ्ठेरो नै लाग्दोरहेछ । त्यसैले महिलाहरूको लागि छुट्टै जिम किन नखोल्ने ?’ उनी भन्छिन् ।

उनका अनुसार धेरै परिवारले अझै पनि जिम जाने कुरालाई प्रोत्साहन गर्दैनन् । प्राय: जिम भनेको पुरुष जाने ठाउँ भन्ने धेरैको बुझाइ पनि छ । महिलाहरू पनि जिम जाँदा पुरुषहरूसँग त्यति सहज महसुस नगरेको अवस्था छ ।

उनी भन्छिन्, ‘महिला पुरुषसँगै जिम गर्दा अधिकांश महिलाहरूले संकोच मानेर जिम गरिरहेका हुन्थे ।  ती सबै कुरा आफूले भोगेको र महसुस गरेका कारण महिलाका लागि मात्र जिम सञ्चालनमा ल्याएको हो ।’ आफू महिला भएकाले अन्य महिलाको कुरा पनि सहजै बुझ्न सक्ने विश्वासले जिम सञ्चालनमा ल्याएको उनी बताउँछिन् ।

मोटोपन घटाउन जिम गएकी सबाना आफैं जिम ट्रेनर बनिन् । फिटनेस ट्रेनर हुन्छु । जिम खोल्छु भनेर उनले सोचेकी थिइनन् । तर उनले आफूमा भएको परिवर्तनले दिएको खुसीलाई बढ्न फिटनेस ट्रेनर भइन् । यसमा उनको परिवारको पनि त्यति नै साथ छ ।

यसरी घटाउन सकिन्छ तौल

मोटो हुँदा कस्तो मोटो भएको भन्नेहरूले दुब्लाएपछि पनि कस्तो दुब्लाएको कुनै रोग पो लाग्यो कि भन्न थाले । त्यसपछि उनले सोचिन्, ‘जस्तो भए पनि मान्छेको चित्त बुझ्दैन । त्यसैले अरूको लागि हैन आफ्नो स्वास्थ्यको लागि फिट हुनुपर्छ ।’

‘खाना, वर्कआउट सेड्युल सबैमा ब्यालेन्स मिलाउनुपर्छ । एक घण्टा जिम गर्ने र जे मन लाग्यो त्यो टन्न खाने हो भने घटिंदैन । फिट हुन सेल्फ कन्ट्रोल हुनुपर्छ । म यसो गर्दिनँ भनेपछि गर्नुभएन । उनी भन्छिन् ।

‘शरीरलाई चाहिनेभन्दा कम खाना, एक्सरसाइज बढी गर्नुलाई ओभरट्रेन भनिन्छ । जसले बोसो घटाउँछ, सँगै मांसपेशी पनि घटाउँछ, यसले दूरगामी असर पुर्‍याउँछ,’ उनी भन्छिन्, ‘त्यसैले पातलो र चिटिक्क परेको शरीर होइन, आफ्नो उमेर र उचाइअनुसार तौल राख्नुपर्छ । प्रत्येक अंगको लागि हरेक प्रकारको पोषण चाहिन्छ । सन्तुलित भोजनको सेवन र दिनमा आधा घण्टादेखि एक घण्टा एक्सरसाइज गरेर बोसो घटाउन सकिन्छ ।’

उनी भन्छिन्, ‘तौल घटाउनु गाह्रो काम होइन, तपाईंले केही दिन खानै खानु भएन भने पनि तौल त घट्छ । तर तौल घट्नुका साथै स्वस्थ हुनु पनि जरुरी छ । शरीरमा मांसपेशी, पानी र बोसो हुन्छ । स्वस्थ तरिकाले तौल घटाउन शरीरको मांसपेशी होइन, बोसोको मात्रा कम हुनुपर्छ ।’

तौल कम गर्न व्यायामसँगै डाइट गर्नुपर्छ भनेर पनि धेरै जना डराउँछन् । तर व्यायामसँग डाइटिङ भन्दा पनि सन्तुलित खाना खानुपर्छ । डाइटिङ गर्ने यो खाने यो नखाने भनेर तनाव लिनु भन्दा पनि बाहिरको प्याकेट फुड, पेय पदार्थ नखाने घरमै बनेको सन्तुलित खाना खाएर तौल कम गर्न सकिने उनी सुझाउँछिन् ।

‘म व्यस्त छु, घरमा धेरै काम छ, घरमा सानो बच्चा छ लगायत कुराले महिलालाई जिम जान रोकिरहेको हुन्छ । तर २४ घण्टामा एक घण्टा म आफ्नो लागि छुटाउँछु भनेर सोचियो र छुट्ट्याइयो भने परिवर्तन सम्भव हुन्छ,’ उनी भन्छिन् । कुनै पनि बानी परिवर्तन गर्ने हो भने २१ दिने फर्मूला अपनाउन सकिने उनी बताउँछिन् ।

सबाना भन्छिन्, ‘बिहान ८ बजे उठ्ने बानी छ । त्यसैले व्यायाम गर्ने समय पुग्दैन भने ६ बजे उठ्छु भनेर २१ दिनसम्म अलार्म राखेर प्रयास गरियो भने २२ दिनमा ६ बजे आफैं आँखा खुल्छ ।’

The post शरीरको तौल १२० केजीबाट ६९ मा झार्न सबानाले अपनाएको दैनिकी appeared first on Annapurna.

]]>
https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%b6%e0%a4%b0%e0%a5%80%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a5%8c%e0%a4%b2-%e0%a5%a7%e0%a5%a8%e0%a5%a6-%e0%a4%95%e0%a5%87%e0%a4%9c%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a5%ac%e0%a5%af/feed/ 0
निकुञ्जबाट बाघको दाह्रा गायब प्रकरण : तत्कालीन वार्डेन श्रेष्ठको गम्भीर लापरबाही https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a5%81%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ac%e0%a4%be%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a4%be%e0%a4%b9%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a5%81%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ac%e0%a4%be%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a4%be%e0%a4%b9%e0%a5%8d%e0%a4%b0%e0%a4%be/#respond Mon, 15 Jan 2024 11:23:21 +0000 https://demos.jhapatechnical.network/annapurna/?p=21 १ माघ, काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जको गोदामबाट पाटेबाघको २५ वटा दाह्रा र एउटा गैंडाको खाग गायब भएको प्रकरणमा तत्कालीन प्रमुख संरक्षण अधिकृत (वार्डेन) विष्णुप्रसाद […]

The post निकुञ्जबाट बाघको दाह्रा गायब प्रकरण : तत्कालीन वार्डेन श्रेष्ठको गम्भीर लापरबाही appeared first on Annapurna.

]]>
१ माघ, काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जको गोदामबाट पाटेबाघको २५ वटा दाह्रा र एउटा गैंडाको खाग गायब भएको प्रकरणमा तत्कालीन प्रमुख संरक्षण अधिकृत (वार्डेन) विष्णुप्रसाद श्रेष्ठको गम्भीर लापरबाही देखिएको छ ।

निकुञ्जको जिन्सी शाखामा राखिने दाह्रा र गैंडाको खाग गायब भएको विषय पहिल्यै थाहा भएपनि उनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई जानकारी नगराएको पाइएको छ । कतिसम्म भने सरुवा भएर गएका नयाँ वार्डेन अशोक भण्डारीलाई बुझबुझारथ गर्दा समेत उनले त्यो कुरा उल्लेख गरेका थिएनन् ।

अनलाइनखबरसँग कुराकानीमा समेत श्रेष्ठले आफूलाई बाघको दाह्रा र गैंडाको खाग हराएकोबारे जानकारी नभएको बताएका थिए । ‘स्टोर निरीक्षण गरेर त्यतिबेलै प्रमाणित गरेर बुझाएर म हिंडेको हुँ’, श्रेष्ठले भनेका थिए, ‘त्यतिबेला हराएको विषयवस्तु नै आएको थिएन ।’

तर, अनलाइनखबरलाई प्राप्त तत्कालीन स्पोटरकिपर सिनियर गेम स्काउट सुवासकुमार थारुको स्पष्टीकरण पत्रमा उनले यसबारे वार्डेन श्रेष्ठलाई पहिल्यै जानकारी गराएको बताएका छन् ।

उनको भनाइमा २२ साउन २०७९ मा मध्यवर्ती क्षेत्रको सामुदायिक वनमा मृत फेला परेको गैंडाको एउटा खाग र १२ वटा खुर राख्न जाँदा टिनको बाकस सही अवस्थामा थिएन ।

‘मेरो अर्को काम भएको कारणले पोका र थैलीभित्रको आखेटोपहार हेर्न भ्याएको थिइनँ’, थारुले भनेका छन्, ‘२५ साउनमा त्यो खाग र खुर दाखिला गरेर रिपोर्टमा हस्ताक्षर गराउन जाँदा प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठज्यूले खाग र खुर हेर्न जाँदा २ वटा खाग मात्र भेटिएको भन्नुभएको थियो ।’

छानबिन समितिका सदस्यहरुका अनुसार, बाघको दाह्रा र गैंडाको खाग २०७८ को चैत महिनासम्मको गणनामा देखिएको छ । त्यस हिसाबमा २०७९ वैशाखदेखि २०७८ साउन २२ गतको अवधिमा दाह्रा र खाग हराएको आंशका गरिएको छ ।

त्यतिबेला श्रेष्ठले ‘कतै होला, राम्रोसँग चेक गर्न’ भन्दै निर्देशन दिएको उनले भनेका छन् । ‘धेरै पटक हेर्दा पनि नभेटिएपछि शंका लागेर टिनको बाकसको ताला र चुकुलसहित कब्जा निकालेको भएपनि ढोका चेक गर्न जाँदा त्यहाँको कब्जा पनि निकालेको भेटियो’, उनले स्पष्टीकरण पत्रमा भनेका छन्, ‘त्यसपछि चोरी भएको लागेर प्रमुख संरक्षण अधिकृतलाई जानकारी गराउँदा यो कुरा कसैलाई नभनी जसरी पनि खोज्न भन्नुभएको थियो ।’

श्रेष्ठको सरुवा भएर नयाँ प्रमुख संरक्षण अधिकृतका रुपमा अशोक भण्डारी जाँदा बल्ल पाटेबाघको २५ वटा दाह्रा र एउटा गैंडाको खाग गायब भएको खुलेको थियो ।

त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई घटनाबारे जानकारी गराउँदै भण्डारीले आवश्यक निर्देशन दिन पत्राचार गरेको थियो ।

‘भण्डारण गरी राखिएका गैंडाका खाग र बाघको दाँत जस्तो संवेदनशील आखेटोपहार दुरुस्त अवस्थामा नरहेको, कहिले र कसरी हराएको हो वा को कसको लापरबाहीबाट हराएको भन्ने सम्बन्धमा छानबिन गरी कारबाही गर्नुपर्ने अवस्था रहेको तर के कस्तो कारबाहीको प्रक्रिया अघि बढाउने भन्ने सन्दर्भमा द्विविधा उत्पन्न हुन गएको छ’, पत्रमा भनिएको थियो ।

पत्रमा अगाडि भनिएको थियो, ‘यो अति गम्भीर र जटिल प्रकृतिको विषय भएकाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समेतको सहयोग लिने वा के कस्तो विधि, प्रक्रिया अवलम्बन गरी कारबाही किनारा गर्ने भन्ने सन्दर्भमा आवश्यक निकासा निर्देशन पाउन अनुरोध छ ।’

तर, त्यसबेला विभागले आन्तरिक छानबिन समिति गठन मात्र गरेर निष्कर्षमा नपुगी यो विषय छाडेको पाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानाले यो विषय आफू आउनुभन्दा पहिलेको भएकाले कार्यदलको प्रतिवेदन अध्ययन गर्न नपाएको बताए ।

‘मैले कार्यदलको प्रतिवेदन मगाएको छु, त्यसमा रहनुभएको एक जना साथी बाहिर रहेर हो, अध्ययन गरेपछि मात्रै मैले यसबारे बताउनसक्छु’, उनले अनलाइनखबरसँग भने ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुसन्धान अधिकृत मनोज शाहको नेतृत्वमा कानुन मन्त्रालय, नेपाली सेनाको जंगीअड्डा, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समेतको प्रतिनिधित्व हुने गरी छानबिन समिति गठन गरेको थियो ।

समितिले स्टोरकिपर सिनियर गेमस्काउट सुवासकुमार थारु र गेमस्काउट उपारसिंह लामालाई शंकास्पद ठहर गर्दै निलम्बन गरेर छानबिन गर्नुपर्ने भनेको थियो । तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उनीहरुलाई सरुवा मात्र गरेको छ ।

स्टोरकिपरमध्ये सिनियर गेम स्काउट लामा अहिले शिवपुरी राष्ट्रिय निकुञ्जमा सरुवा गरिएका छन् भने सुवास थारु बर्दिया निकुञ्जकै एक पोष्टमा पठाइएका छन् । जबकि, छानबिन समितिले उनीहरुलाई निगरानीमा राखेर अनुसन्धान गर्नुपर्ने भनेको थियो ।

निकुञ्जले आखेटोपहार हराएको विषयमा जाहेरी दिएको भए प्रहरी अनुसन्धानको बाटो समेत अघि बढ्नसक्थ्यो । यद्यपि, वन्यजन्तु संरक्षण विभागले समेत यसमा चासो नदेखाएको छानबिन समितिका सदस्यहरु बताउँछन् ।

दुई वर्षसम्म चितवन लगिएको थिएन आखेटोपहार

छानबिन समितिका सदस्यहरुका अनुसार, बाघको दाह्रा र गैंडाको खाग २०७८ को चैत महिनासम्मको गणनामा देखिएको छ । त्यस हिसाबमा २०७९ वैशाखदेखि २०७८ साउन २२ गतको अवधिमा दाह्रा र खाग हराएको आंशका गरिएको छ ।

छानबिन समितिका सदस्यहरुका अनुसार, तत्कालीन प्रमुख संरक्षण अधिकृत श्रेष्ठले यसबारे थाहा पाउनेबित्तिकै तुरुन्तै स्टोरकिपरलाई निलम्बन गरेर छानबिन अघि बढाउनुपर्थ्यो ।

‘तुरुन्तै खोजी थाल्नुपर्नेमा उहाँले अनौठो किसिमले लापरबाही गर्नुभयो, पछि अर्को प्रमुख आउने बेला पनि चुप लागेर केही नभनी जानुभयो’, छानबिन समितिका एक सदस्य भन्छन् ।

निकुञ्जभित्र कुनै संरक्षित वन्यजन्तुको मृत्यु हुँदा वा तस्करहरुबाट आखेटोपहार बरामद हुँदा त्यसलाई निश्चित समय स्टोरमा राखेर भण्डारणका लागि चितवन राष्ट्रिय निकुञ्जको भण्डारणमा पठाउनुपर्छ ।

‘पक्राउ परेको अवस्थामा मुद्दा अदालतमा नबुझाइञ्जेलसम्म राखिन्छ भने अदालतमा बुझाएलगत्तै भण्डारणका लागि पठाउने गरिन्छ’, समितिका एक सदस्यले भने, ‘तर, संरक्षण अधिकृत श्रेष्ठले दुई वर्षसम्म चितवनमा नबुझाइ राखेका थिए ।’ आखेटोपहार व्यवस्थापन कार्यविधि अनुसार, मुद्दा टुंगो लागेपछि बरामद सामग्री निकुञ्जमा नराख्ने गरिएको उनले बताए ।

छानबिन समितिको प्रतिवेदनमा निकुञ्जको भण्डारणबाट बाघको दाह्रा र गैंडाको खाग गायब भएको प्रकरणलाई ‘आपराधिक घटना’ भन्दै गम्भीर अनुसन्धान गर्नुपर्ने भनेको थियो । स्टोरकिपरले समेत केही प्रश्नको सन्तोषजनक जवाफ नदिएको भन्दै उनलाई निलम्बन गरेर कानुन अनुसार कारबाही एवं अनुसन्धान अघि बढाउनुपर्ने भनेको थियो ।

‘स्टोरबाट सामान हराएपछि स्टोरकिपरले त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ, त्यसैले उहाँहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ को दफा २६ (१) अनुसार नै कारबाही प्रक्रिया अघि बढाउनुपर्छ भनेका थियौं’, छानबिन समितिका एक सदस्यले भने, ‘तर विभागले अनौठो तरिकाले उनीहरुलाई यसमा जिम्मेवार बनाउन चाहेन, यति ठूलो घटनालाई विभागले सामान्य रुपमा लिएको देखिन्छ ।’

उनका अनुसार, यसक्रममा प्रमुख संरक्षण अधिकृतलाई पनि छानबिनको दायरामा ल्याउनु जरुरी थियो ।

The post निकुञ्जबाट बाघको दाह्रा गायब प्रकरण : तत्कालीन वार्डेन श्रेष्ठको गम्भीर लापरबाही appeared first on Annapurna.

]]>
https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a5%81%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ac%e0%a4%be%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a4%be%e0%a4%b9%e0%a5%8d%e0%a4%b0%e0%a4%be/feed/ 0
टुँडिखेलमा भीडमा चेपिएर ८ जना घाइते https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%9f%e0%a5%81%e0%a4%81%e0%a4%a1%e0%a4%bf%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a5%80%e0%a4%a1%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a5%87%e0%a4%aa%e0%a4%bf%e0%a4%8f%e0%a4%b0/ https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%9f%e0%a5%81%e0%a4%81%e0%a4%a1%e0%a4%bf%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a5%80%e0%a4%a1%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a5%87%e0%a4%aa%e0%a4%bf%e0%a4%8f%e0%a4%b0/#respond Mon, 15 Jan 2024 11:20:01 +0000 https://demos.jhapatechnical.network/annapurna/?p=18 १ माघ, काठमाडौं । काठमाडौंको टुँडिखेलमा अत्यधिक भीडभाडमा चेपिएर ८ जना घाइते भएका छन् । माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग […]

The post टुँडिखेलमा भीडमा चेपिएर ८ जना घाइते appeared first on Annapurna.

]]>
१ माघ, काठमाडौं । काठमाडौंको टुँडिखेलमा अत्यधिक भीडभाडमा चेपिएर ८ जना घाइते भएका छन् ।

माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा घाइते हुन पुगेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार भीडमा चेपिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । उनीहरुको अवस्था सामान्य छ ।

भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरु धेरै हुँदा टुँडिखेलको गेटमा बढेको भीडमा उनीहरु चेपिएका प्रहरीले जनाएको छ ।

हेर्नुहोस् टुँडिखेलको भीडभाडको तस्वीरहरु

 

 

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर ।

The post टुँडिखेलमा भीडमा चेपिएर ८ जना घाइते appeared first on Annapurna.

]]>
https://demos.jhapatechnical.network/annapurna/2024/01/15/%e0%a4%9f%e0%a5%81%e0%a4%81%e0%a4%a1%e0%a4%bf%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a5%80%e0%a4%a1%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a5%87%e0%a4%aa%e0%a4%bf%e0%a4%8f%e0%a4%b0/feed/ 0